सुनको भाउले लगातार रेकर्ड तोड्दै, आज छापावाल सुन एक तोलाको अहिलेसम्मकै धेरै १ लाख ४५ हजार | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

सुनको भाउले लगातार रेकर्ड तोड्दै, आज छापावाल सुन एक तोलाको अहिलेसम्मकै धेरै १ लाख ४५ हजार

today gold rate in enepal

सुनको भाउले लगातार रेकर्ड तोड्ने क्रम आज पनि जारी रहेको छ ।

आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको हो।

आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा आज सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ रहेको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव ९१ डलर तथा प्रतिऔंस चाँदी ३१ डलर ५१ पैसामा कारोबार भइरहेको छ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);