चितवनमा हावाहुरीले २ हजार ५०० बिघाको केरा खेतीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८१, बुधवार

चितवनमा हावाहुरीले २ हजार ५०० बिघाको केरा खेतीमा क्षति

केही दिनयता आएको हावाहुरीले चितवनको केराखेतीमा ठूलो क्षति पु¥याएको छ ।

चितवन केरा उत्पादक संघका अनुसार हावाहुरीका कारण २ हजार ५ सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

फल लाग्ने समयमा ४० लाख ८७ हजार पाँच सय बोट केरामा क्षति पुगेको बताईएको छ । संघका अनुसार हावाहुरीका कारण १२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

७० किसानको केरा पूर्णरूपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको छ । क्षति भएका मध्ये ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको बताईएको छ ।

बिमा गरेका किसानले क्षति भए बापत केही रकम पाउने भएपनि बिमा नगरेका किसानको भने पूर्ण क्षति हुने संघले जनाएको छ ।

जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । त्यहाँका ७०० किसानले केरा खेती गरेका छन् । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);