२०८१ जेष्ठ १८, शुक्रबार आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ ।
…
स्थानीय समय अनुसार बिहान साढे १० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्द भएको हो ।
टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिए पनि बर्षाका कारण खेल सुरु नै हुन सकेन ।
टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको थियो ।
नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यस्तै अमेरिकाको बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो ।
वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै १५ खेलाडी प्रयोग गर्न पाउने प्रावधान थियो । नेपालले पछिल्लो खेलमा १२ खेलाडी प्रयोग गरेको थियो ।
यहि मैदानमा शनिबारदेखि टी–२० विश्वकप क्रिकेट सुरु हुँदैछ । ०००




