संसदमा विकसित भइरहेका घटना सुख्द नरहेको नेकपा एसका अध्यक्ष माधव नेपालको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

संसदमा विकसित भइरहेका घटना सुख्द नरहेको नेकपा एसका अध्यक्ष माधव नेपालको टिप्पणी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको टिप्पणी गर्नुृभएको छ ।

मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्ता सहकार्यलाई अघि बढाउन सबै सत्ता घटक दलमा आवश्यक पूर्ण विश्वास, सहयोग र समझदारीको कमी रहेको टिप्पणी गर्नु भएको हो ।

उहाँले संसदको गतिरोध हटाउन वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले कुनैपनि पार्टी नफुटुन् भन्ने चाहना रहेको बताउनु भयो ।
०००

 

Leave a Reply

ताजा समाचार