ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएसंगै मृतकको संख्या ४ पुगेको हो ।
मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
सञ्जय ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत ३१ वैशाखमा मृत्यु भएको थियो ।
आगलागी भएको भोलिपल्टै उनका दुई छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो ।
आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार जारी छ । उ
नको अवस्था सामान्य छ । उनलाई नर्मल वार्डमा सारिएको ललितपुर प्रहरीले जनाएको छ । ०००