टि–२० विश्वकप क्रिकेटको तयारीमा विनवार्ड्स भोलक्यानोजविरुद्ध नेपालको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

टि–२० विश्वकप क्रिकेटको तयारीमा विनवार्ड्स भोलक्यानोजविरुद्ध नेपालको लगातार दोस्रो जित

टि–२० विश्वकप क्रिकेटको तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ ।

पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ दशमलव ४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल भुर्तेल र गुलशन झाले ३–३ तथा सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो । नेपालका अनिल साहले विष्फोटक इनिङ खेल्दै २७ बलमा ४ चौका र ४ छक्का सहित ५० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे ।

पहिलो ओभरमा नै ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपालमा लागि कुशल भुर्तेल र अनिल साहले राम्रो साझेदारी गरे । कुशलले ३८ र दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । नेपालले यहि प्रतिद्वन्दीविरुद्ध पहिलो खेलमा ४ विकेटले विजयी भएको थियो । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

शनिबार १८ मेमा भोल्क्यानोजविरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल आइतबार ह्युस्टन जाने छ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल २५ मे मा डालास जानेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा क्यानडा र अमेरिका विरुद्ध विश्वकप वार्म अप खेल खेल्नेछ ।०००

Leave a Reply