सोडारीले पाए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सोडारीले पाए विश्वासको मत

जेठ ३, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्।

बिहीबारको प्रदेश सभाबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको हुन्। उनको पक्षमा २८ मत खसेको छ भने विपक्षमा एक मत पनि परेको छैन।

मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेका ११, माओवादीका १० र एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र सांसदले मत दिएका थिए। एकजना मात्र सांसद रहेको राप्रपाले भने मतदान प्रक्रियामा भाग लिएन।

प्रदेश सभामा कांग्रेस र नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदको नाराबाजीबीच मुख्यमन्त्री सोडारीले विश्वासको मतको प्रस्ताव राखेका थिए।

नाराबाजीबीच सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको प्रक्रिया अगाडि बढाएपछि कांग्रेस तथा नागरिक उन्मुक्ति रेशम पक्षका सांसद प्रदेश सभाबाट बारिहरिएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);