स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।

गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

घटनास्थलमा उपस्थितहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको थियो। प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ ।

गोली प्रहार राजधानीभन्दा करिब २ घण्टाकोको दुरीमा ह्याण्डलोभा भन्ने ठाउँमा भएको हो ।

ह्यान्डलोभामा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा प्रधानमन्त्री रोबर्ट फिकामाथि गोली प्रहार भएको अधिकारीहरुले जनाएका छन्। प्राथमिक उपचारपछि प्रधानमन्त्री फिकोलाई हेलिकोप्टरबाट राजधानीको अस्पताल पु¥याइएको हो ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना सापुटोभाले यो क्रूर आक्रमणको निन्दा गर्दै घटनाले स्तब्ध भएको टिप्पणी गर्नु भएको छ । घटनाको विश्वका नेताहरुले भत्सर्ना गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् । ००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);