गौशाला २६ पक्षको बहस सकियो, सन्दीप पक्षको जवाफी बहसपछि फैसला हुने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

गौशाला २६ पक्षको बहस सकियो, सन्दीप पक्षको जवाफी बहसपछि फैसला हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् ।

हिजोबाट सुरू भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस सकेका छन् ।

अहिले सन्दीप पक्षलाई ५० मिनेटभित्र बहस सक्न भनिएको छ । सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् ।

त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ ।

खाजा समय ९१स्३० देखि २स्३०० मा इजालस ब्रेक रहेको छ । २ ३० पछि सन्दीपका वकिलहरूले बहस गर्नेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);