काठमाडौं, १५ माघ । भारत, बंगलादेश र जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । काठमाडौंमा जारी ‘नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८’ मा सहभागी भारत, बंगलादेश र जर्मनीका लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता जनाएका हुन् ।
१० वर्षमा ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता जुटाउने उद्देश्यले आयोजित सम्मेलनमा विभिन्न देशका विज्ञले नेपाल ऊर्जा क्षेत्रकै विकासमार्फत समृद्ध बन्ने धारणा राखेका छन । उनीहरुले नीतिगत र संरचनागत सुधारमा ध्यान दिनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन । शनिवारबाट सुरु भएको सम्मेलन सोमबारसम्म चल्नेछ । सम्मेलनमा भारत, चीन, जर्मनी, अमेरिका लगायतका ५५ देशका विज्ञ एवं लगानीकर्ता सहभागी भएका छन ।




