सरकारबाट जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८१, आइतबार

सरकारबाट जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले सरकारबाट जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने टिप्पणी गर्नु भएको छ ।

ओलीलाई अँगालो हालेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ अफ्ठ्यारोमा परेको भन्दै कार्कीले सरकारबाट जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने टिप्पणी गर्नुभएको हो ।

युवाहरुको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला अलमलमा रहेको नेता कार्कीको भनाइ छ ।

उहाँले पार्टी सभापति रवि लामिछानेको वरपर भ्रम छर्नेहरु रहेको भन्दै यसले पार्टी र सभापतिलाई सिध्यारहेको धारणा राख्नु भयो ।

नो नट एगेन भनेर अघिल्लो चुनावमा गएर सफल पनि भएको स्मरण गर्दै नेता कार्कीले सरकारमा गएर नै इलामको नतिजा आएको विश्लेषण गर्नु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);