निजी क्षेत्रको मनोबल बढाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदार हुनुपर्ने सरोकालवालाहरुको जोड | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

निजी क्षेत्रको मनोबल बढाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदार हुनुपर्ने सरोकालवालाहरुको जोड

नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीतिमा उदार नीति लिनुपर्ने बताएको छ । .काठमाडौंमा एक कार्यक्रममा चेम्बर अफ कमर्समा आवद्ध उद्योगी व्यवसायीहरुले सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्ने बताएका हुन् ।

उनीहरुले अर्थतन्त्र शिथिल रहेको भन्दै सरकारले नीतिगत रुपमा सुधारको पहल गर्न आवश्यक रहेको बताए । उद्योगी व्यवसायीहरुले निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनिहरुले उद्योगी व्यवसायीहरुलाई सरकारले दिनुपर्ने सेवा सुविधाहरु समय सापेक्ष नभएको भनेका छन् । सरकारले निजी क्षेत्रको े सल्लाह सुझावलाई कार्यान्वयन गरे मात्रै पनि मुलुकको अर्थतन्त्र सबल र स्थायित्व कायम हुने उनिहरुको दाबी छ । ००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);