साल्ट ट्रेडिङ कर्पाेरेशनले जस्तापाता बिक्रीका लागि प्रक्रिया अघि बढायो | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

साल्ट ट्रेडिङ कर्पाेरेशनले जस्तापाता बिक्रीका लागि प्रक्रिया अघि बढायो

jasta pata

काठमाडौं, १५ माघ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले भूकम्पका बेला खरिद गरेको ५० हजार वण्डल जस्तापाता बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ । कर्पाेरेशनले बोलपत्रबाट जस्तापाता बिक्री गर्न लागेको हो ।

आइतबार सूचना जारी गर्दै बोलपत्रबाट जस्तापाता बिक्री गर्ने जानकारी दिएको हो । एक महिनाभित्र बिक्री गर्ने तयारी साल्ट ट्रेडिङको छ । कम्पनीले २०७२ सालमा गएको भुकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य चौकी निर्माणका लागि भारतको जिन्दल इण्डिया लिमिटेडबाट जस्ता पाता खरिद गरेको थियो । सो जस्तापाता बिक्री नभएपछि कर्पाेरेशनले भण्डारण गरी राखेको छ ।

जस्ता बिक्री नभएपछि साल्टले बैंक ब्याज तिर्दा नोक्सान भएको भन्दै सरकारसंग अनुदान मागेको थियो । बोलपत्रमा भाग लिने व्यक्ति वा फर्मले कवोल गरेको २ दशमलव ५ प्रतिशत रकम ट्रेडिङको खाता रहेको बैंकमा जमानत पेस गर्नु पर्नेछ । यसैगरीे सम्पूर्ण जस्ता पाताहरु वीरगंज र कामाडौंबाट उठाउनु पर्ने कम्पनीले जनाएको छ ।