म्यानमारका धेरै भागहरूमा अत्याधिक तापक्रमले दैनिक जीवन अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

म्यानमारका धेरै भागहरूमा अत्याधिक तापक्रमले दैनिक जीवन अस्तव्यस्त

म्यानमारका धेरै भागहरूमा अत्याधिक तापक्रमले दैनिक जीवनमा नराम्ररी असर गरेको छ ।

विशेष गरी ट्याक्सी चालकहरूको जीविकोपार्जनमा ठुलै समस्या आएको छ । म्यानमारको मौसम विज्ञान तथा जलविज्ञान विभागले जारी गरेको प्रतिवेदनले दक्षिणपूर्वी एसियाली देशका धेरै क्षेत्रमा हालैका दिनहरूमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुगेको छ ।

म्यानमारभर तापक्रम अत्यधिक बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सल्लाह, सुझाव र सतकर्ता जारी गरेको छ । नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन र अत्यधिक गर्मीमा सुरक्षित रहन आग्रह गरेको छ । देशको मौसम एजेन्सीका अनुसार याङ्गुनमा हालैका दिनहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ ।

म्यानमारको दोस्रो ठूलो शहर मण्डलेमा कार चालकहरूको तुलनामा साइकल चालकहरूको संख्या बढी छ । दिउँसो बाहिर निस्कनेहरू मात्रै बाहिर निस्किएका र धेरैजसो मानिसहरूले बाहिर निस्कन छाडेकाले आय आर्जन घटेको छ ।

अप्रिल २८ मा, मण्डलेमा ७७ वर्षककै सबैभन्दा बढी गर्मी ४४ दशमलव ८ डिग्री सेल्सियस पुगिसकेको छ । अप्रिलमा मण्डलेमा गर्मीका कारण ५० भन्दा बढीके मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);