देश/समाज

सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा आगलागी,७२ घर जलेर नष्ट

भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ ।

आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ । विष्णु गाउँपालिका–१ बाराउद्योरणस्थित एक बस्तीमा आगलागी हुँदा ७२ परिवार घरबारविहीन भएका हुन् ।

स्थानीय चन्द्रेश्वर राउत, बिकी राउत, रामु राउत, श्यामु राउत, चतुरभुज राउतलगायतको घर जलेर नष्ट भएका हुन् । बाराउद्योरणका स्थानीयका अनुसार शत्रुधन राउतको घरबाट आगलागी सुरु भएको हो ।

आगलागी भएपछि उनको घरमा रहेको ग्यास सिलिण्डर विस्फोट भएपछि आगो गाउँतिर फैलिएको र पटक–पटक आधा दर्जन ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागीले भीषण रुप लिएको हो । भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका छन् ।

आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको मदतले झन्डै चार घण्टापछि निभाइएको बताइएको छ । ००

Related Post
Share

This website uses cookies.