सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई (एमाले) अध्यक्ष केपी ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई (एमाले) अध्यक्ष केपी ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्नुभएको छ ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंमा आयोजना गरेको महिला सशक्तिकरण सांस्कृतिक तथा व्यापार महोत्सवमा उहाँले लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्नुभयो ।

उनीहरुलाई आवासको व्यवस्था गर्न समेत काठमाडौं महनगरपालिकालाई सुझाव दिनुभयो । काठमाडौं महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिईरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान शुरु गर्नुपर्ने बताउनु भयो ।

उहाँले मेयर साहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने ? भनि प्रश्न पनि गर्नुभयो । सुकुम्वासीहरुको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो । उहाँले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले सुकुम्वासीमाथि ज्यादति नगर्न पटकपटक आग्रह गर्नुभयो । ०००

Leave a Reply