सांसद सापकोटाको प्रश्नः नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई कारबाही भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सांसद सापकोटाको प्रश्नः नियम उल्लंघन गरेका कति वटा कम्पनीलाई कारबाही भयो ?

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नियम उल्लंघन गरेका निर्माण कम्पनीहरुलाई कारबाही भए÷नभएकोबारे सरकारको जवाफ माग गर्नुभएको छ ।

बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा उहाँले यो वर्ष काम नै नगरेका कम्पनीहरु कति छन्, कति वटाका ठेक्का सम्झौता रद्ध भए, कति वटा कारबाहीका प्रक्रियामा छन् भन्नेबारेमा सरकारले जवाफ दिनुपर्ने बताउनु भएको हो ।

बैठकमा नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरु समयमै सम्पन्न हुन नसक्नुको कारण र समाधानका उपायहरु खोज्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरु समयमै सम्पन्न हुन नसकेको दाबी गर्नुभयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभइ सडक चाहिएको बताउनुभयो ।

उहाँले मन्त्री र सरकारले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न समेत आग्रह गर्नुभयो । उहाँले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने उल्लेख गर्नुभयो ।

सांसद शाहीले पहुँचका आधारमा बजेट विनियोजन भए संसद, सडक र मन्त्रालय घेर्न तयार रहेको बताउनु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);