साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २ हजारमुनि | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २ हजारमुनि

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २ हजारमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८ मा कायम भएको हो । नेप्से घटे पनि ४ अर्ब १३ करोडको कारोबार भएको छ ।

कुल ७८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ५ को स्थिर रह्यो । आज माइक्रोफाइनान्स समूहमा बढि आकर्षण देखिएको छ । सो समूह ३.४५ प्रतिशत बढ्यो । व्यापार ०.०६ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् ।

बैंकिङ ०.८२, विकास बैंक २.०३, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.११, जीवन बीमा ०.४०, निर्जीवन बीमा ०.९७, उत्पादन ०.०४ र अन्य समूह ०.७८ प्रतिशत घटे । ३ लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

विजय लघुवित्तको ९.७, आरएसडीसीको ८.७, जनउत्थान सामुदायिक लघुवित्तको ८.३, मेरो माइक्रोफाइनान्सको ८.३ तथा पोखरा फाइनान्सको ८.१ प्रतिशत मूल्य बढ्यो ।

पिपुल्स पावरको ८.२, ग्रीन डेभलपमेन्ट बैंकको ५.१, सिन्धु विकास बैंकको ४.७, सप्तकोशी विकास बैंकको ४.१ तथा हिमालयन हाइड्रोपावरको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेनस, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, साइन रेसुङ्गा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);