देश/समाज

देशका विभिन्न स्थानमा आगलागी र डढेलोबाट भइरहेको क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न स्थानमा भएका आगलागी र डढेलोबाट नागरिकको जीउधनको क्षति
भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।.
सोमबार आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा केही दिनदेखि देशका विभिन्न भागमा भएका आगलागी र डढेलोबाट नागरिकको जीउधनको क्षति भइरहेको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

आगलागी र डढेलोबाट भएका मानवीय र भौतिक क्षतिको समेत आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका ४९ स्थानमा आगलागी र ४८ स्थानमा डढेलो लाग्दा एकजनाको मृत्यु भएको र चाजना घाइते भएका आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तर, घटनापछि तत्कालै राहत व्यवस्थापन हुन नसक्दा प्रभावितहरू थप समस्यामा परेको देखिएको आयोगको भनाइ छ । सुरक्षाकर्मी तथा स्थानीवासीहरु पूर्वतयारी तथा प्रर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको पाइएको आयोगले जनाएको छ । आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ । ०००

Related Post
Share

This website uses cookies.