विश्व

उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न थालेपछि रुसको कडा प्रतिक्रिया

उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ ।

रुसी उप–विदेशमन्त्री सर्गेई ¥याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने र ठूलो द्वन्द्व हुन सक्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

¥याभकोभले पोल्यान्डमा परमाणु हतियार तैनाथ गरेर रुसलाई नजिस्काउन पनि चेतावनी दिनुभएको छ । रुसविरुद्ध प्रयोग गर्न खोज्दा युक्रेनमा लडाइँको अवस्था आएको उदाहरण दिँदै रुसी उपविदेशमन्त्री ¥याभकोभले परमाणु हतियार राख्दा पोल्यान्डले पनि ख्याल गर्नुपर्ने भन्दै सचेत पनि गराउनु भएको छ ।

परमाणु हतियारको तैनाथीले पोल्यान्डलाई सुरक्षित नभई असुरक्षित बनाउने रुसको चेतावनी छ ।

योबारेमा रुसले चाँडै नै आफ्नो योजना सार्वजनिक गर्ने पनि उपविदेशमन्त्रीले उल्लेख गर्नुभएको छ पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले एक अन्तर्वार्तामा आफूहरूले बारम्बार अमेरिकासँग पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्ने सम्भावनाको बारेमा छलफल गरेको खुलासा गर्नुभएको थियो ।०००

Related Post
Share

This website uses cookies.