नागरिकता ‘किन्ने’ र ‘बेच्ने’ दुवै जेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

नागरिकता ‘किन्ने’ र ‘बेच्ने’ दुवै जेलमा

काभ्रे,२९ चैत्र । काभ्रेपलाञ्चोक जिल्लामा नागरिकता बिक्री शुरू गराउने तत्कालीन अधिकृत हालका उप सचिव भुपेन्द्र पाण्डेयले जारी गरेका एक दर्जनभन्दा धेरै नागरिकताहरू पैसा लिएर बिक्री गरेको खुलासा भएको छ।

नागरिकता बिक्री गरेको खुलासा भएसँगै उप सचिव पाण्डेय संगठित अपराधको मुद्दामा तानिने भएका छन्। अधिकृत झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई सोही अभियोगमा यसअघि नै पुर्पक्षका लागि थुनामा राखिएको छ। अर्याल त्यतिबेला सुब्बा थिए। अहिले नागरिकता किन्ने र बेच्ने दुवै कारागारमा छन्।

विदेशी नागरिकहरूले नेपालका विभिन्न जिल्लाबाट नागरिकता लिई अपराध गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सीआईबीले अनुसन्धान गरिरहेका अभियुक्तहरू काभ्रेबाट नागरिकता लिएका निमा तामाङ, पासाङ तामाङ, सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा, सोनाम लामा, उमेश योञ्जनलगायतलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नागरिकतासहितको मुद्दामा अनुसन्धान गरिरहेको बताइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद बिक्री हुने गरेको खुलासा भएसँगै उक्त फाँटमा कार्यरत कर्मचारीहरूमध्ये केहीको काभ्रे सरुवा भएको थियो। त्यहाँबाट सरुवा हुने कर्मचारीहरूमध्ये अधिकृत भुपेन्द्र पाण्डेय एक हुन् । उहाँसँगै सुब्बा रामचन्द्र अर्याल पनि काभ्रे आउनुभएको थियो।

वि।सं। २०७३ कार्तिक २२ गते काभ्रेमा हाजिर भएका पाण्डेय वि।सं। २०७४ जेठ मसान्तसम्म काभ्रेमा कार्यरत हुनुहुन्थ्यो भने सुब्बा अर्याल वि।सं। २०७३ कार्तिक २२ गतेबाट वि।सं। २०७५ असार मसान्तसम्म कार्यरत हुनुहुन्थ्यो। उहाँसँगै अर्का अधिकृत झपेन्द्रराज खरेल वि।सं। २०७४ भदौबाट ईलाका प्रशासन कार्यालय महाभारत घर्तीछापको दरबन्दीमा हाजिर हुनुभएको थियो । महाभारतमा ईलाका कार्यालय स्थापना नभएकाले काभ्रेमै कार्यालय राखेर खरेल पनि वि।सं। २०७७ जेठ २ गतेसम्म ईलाका प्रहरी कार्यालय महाभारतमै कार्यरत रहनुभएको थियो ।

सुन तस्करीमा पक्राउ परेका निमा तामाङले काभ्रेपलाञ्चोक जिल्लाबाट प्राप्त गरेको नागरिकताका आधारमा शुरू भएको प्रारम्भिक अनुसन्धानले कर्मचारीकै योजनामा नागरिकता बिक्री हुने गरेको देखाएको थियो। निमा जिल्लाबासी हैनन्। तर, उनका नाममा बनाईएको अनुसूची र नागरिकताको अभिलेख विवरणले कर्मचारीको गिरोहको संलग्नताले जिल्लामा थुप्रै नागरिकता बिक्री हुने गरेको तथ्य पुष्टि भएको हो।

पुर्पक्षका लागि कारागार गएका राजु गुरुङका हकमा पनि त्यही कुरा मिलेको छ । करिब एक क्विन्टल सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर नागरिकता लिएको पाँच वर्षअघि नै गृह मन्त्रालयलाई जानकारी गराएको खुलासा भएको थियो। निमासहित काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न अवधिमा नागरिकता लिएकामध्ये ३ सय ५० जनाको अनुसूची नभएको विवरण गृहलाई बुझाइएको थियो ।

जसले नागरिकता र राहदानी किनेका थिए

प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि पठाएका दोहोरो नागरिकता र राहदानी लिएका अधिकांशले ३ देखि ४ लाख बुझाएर नागरिकता र राहदानी लिएको बताइएको छ । बागलुङ जिल्ला ताराखोला गाविस ३ घर भएकी रञ्जिता थापाले बनेपा–१३ ठेगाना राखेर वि।सं। २०७४ असोज २३ गते काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता खरिद गरिन् ।

थापालाई अधिकृत झपेन्द्रराज खरेलले हस्ताक्षर गरेर नागरिकता उपलब्ध गराउनुभएको थियो । ललितपुर जिल्ला भट्टेडाँडा ३ घर भएका चिरञ्जीवी दुलालले रोशी ७ स्थायी ठेगाना राखेर वि।सं। २०७४ जेठ ३१ गते नागरिकता लिनुभएको थियो । उहाँलाई अधिकृत भुपेन्द्र पाण्डेयले हस्ताक्षर गरेर नागरिकता दिलाउनुभएको थियो ।

गुल्मी जिल्ला रूपाकोट ४ घर भएका कुलानन्द भण्डारीलाई श्याम भण्डारीका नाममा नासिका साँगा–४ ठेगाना राखेर २०७३ पुष २८ गते नागरिकता दिलाउने पनि अधिकृत पाण्डेय नै हो। कुलानन्दकै श्रीमती गुल्मी जिल्ला रूपाकोट ४ की लिला पन्तको नागरिकता पनि बनेपा १४ साविक नासिका साँगा–४ ठेगाना राखेर वि।सं। २०७४ भदौ ७ गते अधिकृत पाण्डेयले नै जारी गर्नुभएको हो।

गुल्मी जिल्ला अख्रेनी गाविस ४ घर भएका श्रीराम न्यौपानेले बनेपा २ साविकको टुकुचा नाला ४ ठेगाना राखेर वि।सं। २०७३ मसिंर २७ गते र पर्वत जिल्ला बर्राचौर गाविस ४ घर भएका गोविन्द भट्टराईले रोशी गाउँपालिका ७ ठेगाना राखेर वि।सं। २०७४ वैशाख २० गते लिएको नागरिकता पनि अधिकृत पाण्डेयले नै जारी गर्नुभएको हो।

कता अधिकृत झपेन्द्रराज खरेलले गोर्खा जिल्ला पालुङटार गाविस ९ घर भएकी सीता पपनीलाई पाँचखाल १२ ठेगाना राखेर वि।सं। २०७४ असोज १ गते नागरिकता दिलाउनुभएको थियो।

चितवन घर भई काठमाडौं बस्दै आएका राजु गुरुङले वि।सं। २०७४ मसिंर १३ गते काभ्रेबाट नागरिकता लिनुभएको थियो। अहिले गुरुङका साथै अधिकृत झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल पुर्पक्षका लागि थुनामा छन्। समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);