२०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पती छानविन गरे के होला ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

२०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पती छानविन गरे के होला ?

pradip yadav

काठमाडौं,२९ चैत्र । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरु र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गर्नुभएको हो ।

बहुदलपछि खालि खुट्टा आएका नेताहरुको चार, चारवटा घर काठमाडौंँमा कसरी आयो भनेर उहाँले प्रश्न पनि गर्नुभयो । उहाँले भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘२०४७ सालपछिको सम्पतिको छानविन गरौँ । निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ । ०४६ सालपछि बहुदल आयो । खालि खुट्टा आएका नेताहरुको घर–घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयो ? निश्चित रुपमा छानविन गर्नुपर्छ ।

तब जनताको निराशा हट्छ । र जनताले बुझ्छ जुन नेताले गल्ती ग¥यो, त्यसलाई कानूनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानविन गर्नुपर्छ ।’ उहाँले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);