काठमाडौं,२८ चैत्र । आज दिउँसो सवाँ १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । बुधबार राष्ट्रिय सभा उपाध्यक्षका लागि निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । मंगलवार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पुडासैनीको प्रश्तावकमा प्रश्तावक दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट हुनुहुन्छ भने घिमिरेको प्रश्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी हुनुहुन्छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनुहुने, राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने, राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सदस्य विमला घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त दुवै प्रश्तावहरूलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने कार्यसूची छ ।
This website uses cookies.