आज राष्ट्रिय र प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

आज राष्ट्रिय र प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं,२८ चैत्र । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिनुहुने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नुहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनुहुने, राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने, राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले माननीय सदस्य विमला घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त दुवै प्रश्तावहरूलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने कार्यसूचि छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);