संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, ६ फागुन । संघीय संसदअन्तर्गत आज दुवै सनदको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुने, प्रधानमन्त्री पुष्पकमल दाहालले सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक सम्बन्धी प्रतिवेदन, २०८० पेश गर्नुहुने, प्रतिनिधि सभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी रख्नुभएको प्रश्तवालाई निर्णयार्थ प्रश्तुत गरिने, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई स्वीकृत गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहको व्यहोरा जानकारी गराउनुहुने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले “प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० सभा समक्ष पेस गर्नुहुने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका माननीय सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नुहुने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन सम्बन्धी विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्गले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);