वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवार विरूद्ध आज उजुरी लिईने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवार विरूद्ध आज उजुरी लिईने

कामठाडौं,२५ चैत्र । वैशाखमा हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारहरु विरूद्ध आज उजुरी लिइने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश सभा–१ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हो । शनिबार भएको भएको मनोनय दर्तामा इलाम २ मा २० जनाको उम्मेदवारी परेको छ भने बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);