मुलुकमा मधेसमाथिको अन्याय अझै जारी छ त ! | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

मुलुकमा मधेसमाथिको अन्याय अझै जारी छ त !

mahantha thakur

काठमाडौं,२५ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी,नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाउनुभएको छ ।

महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नगरेको गुनासो गर्नुभयो । उहाँले सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेस माथिको विभेदको उदाहरण रहेको बताउनु भयो । मधेस देशको लगभग ५१ प्रतिशत जनसंख्या ओगटेको बताउनु भयो । अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि अझै पनि संघर्षको आवश्यकता रहेको बताउनु भयो । लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको स्मरण गराउँदै आफूहरुले शान्तिपूर्ण संघर्ष गर्दा पनि गोली लठ्ठी खानुपरेको पीडा सुनाउनु भयो ।

लोसपा अध्यक्ष ठाकुरले भन्नुभयो, ‘आधा भन्दा बढी जनसंख्या भएपनि १ सय ६५ मध्ये शुरुमा ६५ सिट मात्रै दिइएको थियो तर हामीहरुकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकि हाम्रो माग ८२ सिट रहेको छ ।’

अन्तरिम संविधानमा रहेका अधिकार पनि वर्तमान संविधानबाट हटाइएपछि पटक पटक संघर्ष गर्नुपरेको र सोही संघर्षका कारण कयौँले सहादत प्राप्त गरेको बताउनु भयो । संविधान संशोधन तथा आन्दोलनकारीहरुको न्यायका लागि अझै संघर्ष गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);