काठमाडौं,२३ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेण्डसिप कप टि २० प्रतियोगिताअन्तर्गत आज बरोडासँग प्रतिष्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेलअन्तगर्त नेपालले आज दिउँसो पौने ३ बजे बरोडासँग प्रतिष्पर्धा गर्न लागेको हो ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।
बरोडा नेपाल र गुज्रातसँगका सबै खेलमा पराजित भएको छ ।