भारतबाट आयात हुने चिनीको महशुल बढाउन व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

भारतबाट आयात हुने चिनीको महशुल बढाउन व्यवसायीको माग

काठमाडौं, १४ माघ । भारतबाट आयात हुने चिनीको भन्सार महशुलमा ३० प्रतिशत वृद्धि गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका छन ।

नेपाल चिनी उद्योग संघ र नेपाल उखु उत्पादक संघले आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्न भन्दै भारतबाट आयात गरिने चिनीको भन्सार महशुल बढाउन माग गरेका हुन् ।

भारतबाट आयातित चिनीका कारण नेपालका व्यवसायी मारमा परेको उनीहरुले बताएका छन् । व्यवसायीहरुले आयातित चिनीको भन्सार महशुल बढाउँदा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने दाबी पनि गरेका छन् । भारतले चिनी उद्योगको संरक्षणका लागि आयात महशुल ७५ प्रतिशत पुर्याएको उदाहरण दिँदै व्यवसायीहरुले नेपालले पनि त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

नेपालमा हाल वार्षिक २० लाख मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । व्यवसायीहरुले यस वर्ष करिव १ लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने प्रक्षेपण गरेका छन । नेपालमा हाल वार्षिक २ लाख २५ मेट्रिक टन चिनीको माग रहेको चिनी उद्योग संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);