काठमाडौं,२० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताउनुभएको छ ।
सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
मंगलवार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी गर्दै नयाँ सत्ता समिकरण बन्नसाथ आफूहरुले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ ।
अध्यक्ष लिङदेनले सो प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताउनु भयो ।
०००