बागमतीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार,एकीकृत समाजवादीकी मगर विना विभागीय मन्त्री नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

बागमतीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार,एकीकृत समाजवादीकी मगर विना विभागीय मन्त्री नियुक्त

काठमाडौं,२० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नबित्दै मन्त्रिपरिषद् विस्तार गर्नुृ भएको छ । जम्कट्टेलले नेकपा एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ समेत गराइसक्नु भएको छ । विभाग पछि तोकिने बताइएको छ । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बन्नुभएको हो
विनाविभागीय मन्त्रीमा शपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुङ्गो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको बताउनु भयो ।

योसँगै बागमती प्रदेशमा मन्त्रीको संख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन छन् । यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);