इंग्लिश प्रिमियर लिगमा बर्नलीविरुद्ध चेल्सीको बराबरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

इंग्लिश प्रिमियर लिगमा बर्नलीविरुद्ध चेल्सीको बराबरी

chelsi

काठमाडौं,१८ चैत्र । इंग्लिश प्रिमियर लिगमा बर्नलीविरुद्ध चेल्सीले बराबरी खेलेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी २–२ को बराबरीमा रोकिन सफल भएको हो ।

खेलको ४०औं मिनेटमा लोरेन्ज एसिङगनले मुखाएलो मुड्रीकमाथि फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा बर्नलीले खेलमा बराबरी गर्यो । जोश कुलेनले गोल गर्दै दश जनामा सिमित बर्नलीका लागि बराबरी गरेका थिए । तर खेलको ७८औं मिनेटमा पालमरले खेलमा पुनः चेल्सीलाई अग्रता दिलाए ।

त्यसको तीन मिनेटमा बर्नलीले खेलमा पुनः बराबरी गर्यो । बराबरी पछि २८ खेलमा ४० अंक भएको चेल्सी तालिकाको ११औं स्थानमा छ । बर्नली भने ३० खेलमा १८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);