पैसाको नोटमा सुतिरहेको नेताको भिडियो भाइरल | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

पैसाको नोटमा सुतिरहेको नेताको भिडियो भाइरल

एजेन्सी,१६ चैत्र । आगामी लोकसभा चुनाव अघि, युनाइटेड पिपुल्स पार्टी लिबरल का निलम्बित सदस्य ५ सय रुपैयाँको नोटको ओछ्यानमा सुतिरहेको देखियो । उनका तस्बिर इन्टरनेट मिडियामा भाइरल भइरहेका छन् ।

यी नेतामाथि प्रधानमन्त्री आवास योजना र ग्रामीण रोजगार योजनामा ठूलो भ्रष्टाचार गरेको आरोप छ । नेतामाथि प्रधानमन्त्री आवास योजना र मनरेगाका गरिब लाभार्थीहरूबाट घुस लिएको आरोप छ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्विरमा उदलगिरी जिल्लाको भैरागुरीका गाउँ परिषद् विकास समिति (भिसीडीसी) का अध्यक्ष बेन्जामिन बासुमातारी पाँच सयको नोट बोकेर खाटमा सुतिरहेको देखिन्छ । तस्बिरमा नेताको शरिर,दायाँ बायाँ भागमा केही नोटहरू पनि छरिएका देखिन्छन् । युपीपीएलले पनि यस विषयमा आफूलाई टाढै राखेको छ ।

यूपीपीएलका प्रमुख र बोडोल्याण्ड क्षेत्रीय परिषद्का प्रमुख कार्यकारी सदस्य प्रमोद बोरोले दावी गरे कि पार्टीको हरिसिङ्हा ब्लक समितिले जनवरी छ मा बसुमतारी विरुद्ध अनुशासनात्मक कारबाही सिफारिस गरेको थियो। सोही आधारमा उनलाई माघ १० गते निलम्बन गरिएको थियो । उनलाई ख्ऋम्ऋ को पदबाट पनि हटाइयो।

Leave a Reply

ताजा समाचार