राष्ट्रिय सभाको बैठक आज,यस्ता छन् एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

राष्ट्रिय सभाको बैठक आज,यस्ता छन् एजेण्डा

काठमाडौं,१६ चैत्र । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो विा १ बजे शुरु हुनेछ ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुने, अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिनुभएको राजीनामा सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार