बागमतीमा जमरकट्टेलले जुटाए सहमती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

बागमतीमा जमरकट्टेलले जुटाए सहमती

काठमाडौं,१६ चैत्र । बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ । वर्तमान प्रदेशसभामा बाँकी पूरै कार्यकालका लागि सहकार्य गरी सत्ता गठबन्धन गर्ने सहमति पत्रमा उल्लेख छ।

यसैगरी केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णयानुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलबीच प्रदेश सरकारको नेतृत्वमा सहकार्य गर्ने, सत्ता गठबन्धन दलहरूको प्रदेश स्तरीय साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसैअनुसार अघि बढ्ने, सहमतिको आधारमा मन्त्री र मन्त्रालयको भागबण्डा लगाउने, प्रदेशसभामा प्रतिनिधित्व गरेका अरू दललाई पनि गठबन्धनमा सहभागी हुन अनुरोध गर्ने सहमति भएको हो ।

सहमतिमा नेकपा (एमाले)का नेता जगन्नाथ थपलिया‚ मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्कट्टेल‚ मन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गनुभएको छ ।

हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनाइएको छ । बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद
बज्राचार्यलाई मन्त्री बनाइएको हो ।

Leave a Reply