हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा जापानको प्रधानमन्त्री निवास बाहिर र्याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा जापानको प्रधानमन्त्री निवास बाहिर र्याली

japan

काठमाडौं,१५ चैत्र । हतियार निकासी नियन्त्रणमा खुकुलो पार्ने निर्णयको विरोधमा प्रधानमन्त्री निवास बाहिर ¥याली निकालेर बिरोध प्रदर्शन गरेका छन् । भारी वर्षाको बीचमा उनीहरुले प्रधानमन्त्री निवास अगाडि जम्मा भइ सरकारको सहज रक्षा उपकरण हस्तान्तरण नियम र हतियार निर्यात नियन्त्रणमा थप ढिलाइको रिोधमा जुलुस निकालेका हुन् ।

जापान सरकारले मंगलवार मन्त्रिपरिषद्को बैठकबाट बेलायत र इटालीसँग संयुक्त रूपमा विकास गर्न सेट गरिएको अर्को पुस्ताका लडाकु विमानहरू निर्यातमा प्रतिवन्ध हटाउने निर्णय गरेको थियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा मन्त्रिपरिषद्ले जापानको सत्तारूढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टीपछि अनुमोदन गरेको थियो । प्रदर्शनकारीमा जापानको सोसल डेमोक्रेटिक पार्टीका प्रमुख मिजुहो फुकुसिमा पनि सहभागी हुनुभएको थियो ।

“जापानको संविधानको धारा ९ ले हतियार निर्यात गर्न निषेध गर्दछ । अर्को पुस्ताका लडाकु विमान विदेश निर्यात गर्ने निर्णय संसदमा कुनै छलफल नगरी सत्तारुढ दलबीचको सहमतिमा मात्रे भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);