एजेन्जी,१५ चैत्र । उत्तरी इजरायलको किरियत शमोना शहरमा रहेको एउटा कारखानामा लेबनानमा हिजबुल्लाह लडाकुहरूले गरेको रकेट आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ ।
शहरमा करिव ३० वटा रकेट प्रहार गरिएको इजरायली सेनाले जनाएको छ । इजरायल र हिजबुल्लाह बीचको सीमापार लडाईमा यो हमला सबैभन्दा नयाँ थियो । जुन इजरायलले अक्टोबर ७, २०२३ मा हमास बिरुद्ध आफ्नो बदला शुरु गरेपछि आक्रमण जारी छ ।