त्रिविमा फेरी हरायो उत्तरपुस्तिका,सरकार मौन | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

त्रिविमा फेरी हरायो उत्तरपुस्तिका,सरकार मौन

काठमाडौं,१५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको फाउन्डेसन अफ एजुकेसन ४१२ विषयको उत्तरपुस्तिका हराएको हो ।

उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ । स्रोतका अनुसार उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन थालिएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनि आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो । यसअघि स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको थियो । गत कात्तिकको पहिलो साता भएको जनसङ्ख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको हो ।

देशभरबाट ल्याइएका १६५ थान उत्तरपुरस्तिका हराएको थियो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत पुनः जाँच गर्नुपर्ने हुन्छ । उक्त सम्परीक्षण गर्नु अघि नै उत्तरपुस्तिकाको पोकै हराएको थियो । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो उक्त विषयको पुनः परीक्षा गराउने गरी गृहकार्य सुरु भएको छ । कुनै सूचना जारी नगरीकनै सम्बन्धित क्याम्पसमा जति परीक्षार्थी छन् त्यहीअनुसार प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);