सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने रञ्जिता पक्षको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने रञ्जिता पक्षको निर्णय

काठमाडौं,१५ चैत्र । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा कैलालीको टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको
बैठकले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।

बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीे मात्रै सहभागि हुनुहुन्थ्यो । संस्थापक रेशम चौधरी भने बैठकमा अनुपस्थित रहनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);