इलाम र बझाङको उपनिर्वाचनमा माओवादीबाट उम्मेदवार को होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इलाम र बझाङको उपनिर्वाचनमा माओवादीबाट उम्मेदवार को होला ?

काठमाडौं,१५ चैत्र । सत्तारुढ नेकपा माओवादी केन्द्रले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।  बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

उम्मेदवारको नामका सम्बन्धमा छलफल बाँकी नै रहेकोले अर्को बैठकबाट टुंगो लगाउने निर्णय भएको छ । प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा अझै नमिलेकोले अझै छलफल गरेर बिहीवारसम्म मुख्यमन्त्रीहरुको पनि टुंगो लाग्ने जानकारी दिनु भयो । त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीनवटा आधारमा कर्णाली प्रदेश माओवादीले छोड्न नमिल्ने बताउ नु भएको छ । शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली नछाड्न ध्यानाकर्षण गराउनु भएको हो ।

तीन वटा आधारमा कर्णाली प्रदेश माओवादीले छाड्न नमिल्ने तर्क गर्दै छोडेमा समस्या आउने उहाँको भनाई छ । उहाले.पहिलो माओवादीको जनाधार भएको, बढी सिट जितेको र अहिलेका मुख्यमन्त्रीलाई निरन्तरता दिने गरी अध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);