गाजामा मृत्यु हुनेको संख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

गाजामा मृत्यु हुनेको संख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण

एजेन्सी,१२ चैत्र । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौं इजरायल भ्रमण गर्नुभएको छ । यो भ्रमण गाजापट्टीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेपछि भएको हो ।

ब्लिन्केनले कम्तिमा छ हप्ताको युद्धविरामका लागि सम्झौतामा पुग्ने प्रयासहरूबारे छलफल गर्नुभयो । जसले इजरायली बन्धकहरूको रिहाईलाई सुरक्षित गर्ने र मानवीय सहायतामा वृद्धि गर्न सक्षम हुनेछ बताइएको छ ।

नेतन्याहु र उनको युद्ध मन्त्रिपरिषद्सँगको भेटमा ब्लिन्केनले इजरायललाईे हमासका लागि योजना नबनाए इजरायल वर्षौंसम्म गाजामा फस्ने चेतावनी दिनुभएको थियो । गाजामा अक्टोबर ७ यता कम्तिमा ३२ हजार ७० प्यालेस्टाइनी मारिएका छन् । ७४ हजार २९८ घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);