समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने झलनाथ खनालको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने झलनाथ खनालको दाबी

jhalnatha khanal

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने दाबी गर्नु भएको छ ।
आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने दाबी गर्नुभएको हो ।

उहाँले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको उल्लेख गर्नुभयो ।

सम्मानित नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गर्नुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);