कर्णाली करिडोर - राँगेभीरमा सडक, नुन–चामलकै लागि भारी बोक्ने दिन अन्त्य | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

कर्णाली करिडोर – राँगेभीरमा सडक, नुन–चामलकै लागि भारी बोक्ने दिन अन्त्य

karnali karidor

काठमाडौं, १४ माघ । रुगिनको राँगेभीर । तल हेर्‍यो नीलै देखिने कर्णाली, माथि हेर्दा टाउकै ठोक्किएलाजस्तो चट्टाने भीर । मुस्किलले आधा मिटरजति त्यही चट्टान खोलेर बनाइएको बाटोमा हिँड्ने बेला जोकसैको मन ठेगानमा हुन्थेन ।बाजुराका बिच्छ्याँ, रुगिन र हुम्लाका बूढापाका परिवारका सदस्य सदरमुकाम मार्तडी वा भारततिर झर्दा ‘राँगेभीरमा ख्याल गरेर हिँड्नू’ भनेर सम्झाउँथे । उक्त भीरमा कैयौंले ज्यान गुमाएका कथाब्यथा गाउँमा अझै सुनिन्छन् ।कर्णाली करिडोरअन्तर्गत बाजुराको रुगिनस्थित राँगेभीर छिचोलेर खोलिएको सडक र बाँधुस्थित कालापहरामा चट्टान फोरिँदै ।

चार महिनायता यो बाटोको अवस्था फेरिएको छ । राँगेभीरको नामनिसान मेटिएको छ । त्यही चट्टानको बीच भाग छिचोलेर चौडा सडक बनाइएको छ । पछिल्लो अवस्थाबारे खुसी हुँदै बाँधु मावि रुगिनका प्रधानाध्यापक दीपक पाण्डेले आफ्नो फेसबुकमा लेखे, ‘राँगेभीर खल्लास, अब हाम्रा पनि मुहार फेरिने दिन आउने भए ।’, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);