स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएसँगै आन्दोलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएसँगै आन्दोलन स्थगित

काठमाडौं,८ चैत्र ।दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको छ । बुधवार सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको हो ।

स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह–सचिव कृष्णप्रसाद सापकोटाले बताउनु भयो । उहाँले स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानसँग सरकारले छलफल र संवादका माध्यमबाट सहमति जुटेको बताउनु भयो । उहाँले सहमतिमा गुठी सम्बन्धि विभिन्न गुठी,मठ,मन्दिरहरुको फरक–फरक रहेको २०७२ मा भएका व्यवस्थालाई व्यवस्थित गर्ने र स्वर्गद्वारी आश्रमका मोही किसानको माग सम्बोधन गर्नेगरी नयाँ एकिकृत गुठी सम्बन्धि कानून तर्जुमा प्रक्रियालाई तत्काल अगाडि बढाउने सहमति भएको बताउनु भयो । उहाँले स्वर्गद्वारी आश्रमका मोही किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित गरी आवश्यक सल्लाह सहयोग गर्नेगरी सहमति भएको बताउनु भयो ।

किसानहरूले विगत लामो समयदेखि दाङको घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गर्दै आएका थिए । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन भएको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);