'राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउँछ' | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

‘राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउँछ’

काठमाडौं,८ चैत्र । नेपाली काँग्रेसका नेता बलबहादुर केसीले राजनीतिक दलहरुमा देखिएको विकृतिलाई समयमै हटाउन नसके देशको अस्तित्वमा संकट आउने बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको १४ औं स्मृति दिवको अवसरमा माईतीघरमा दीप प्रज्वलन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको बताउनु भयो । उहाँले गिरिजाप्रसाद कोईरालाको पथलाई पछ्याउन सकेमात्रै नेपाली काँग्रेस यो देशको राजनीतिलाई सम्हाल्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देशमा जुन किसिमको परिस्थिति निर्माण भएको छ । संसदमा सडकदेखि सदनसम्म र हरेक पार्टीहरुमा विकृति देखिरहेको छ । त्यसलाई सम्हाल्न सकने र ठिक ढंगले अघि लैजान सकेनौँ भने देशको अस्तित्वमै समस्या र संकट आउने स्थिति छ । गिरिजाप्रसाद कोईरालाको पथलाई पछ्याउन सकेमात्रै नेपाली काँग्रेस यो देशको राजनीतिलाई सम्हाल्न सक्छ ।’ उहाँले देशमा विभिन्न खाले समस्या समाधान गर्न युवा पिढीले नेतृत्व गर्ने समय आएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);