काठमाडौं,७ चैत्र । राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेश गरिएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गुर्नुभएको हो ।
प्रतिवेदन प्रश्तुत गर्दै उहाँले श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताउनु भयो । उहाँले सगरमाथा प्रदुषण नियन्त्रण समितिको भुमिकालाई प्रवद्र्धन गरी विश्वमा ताजा र नेपालको शानको रुपमा रहेको सगरमाथाको सफाईमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्युनिकरण गरी प्रभावकारी नीतिको अवलम्वन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने बताउनु भयो । संरक्षित क्षेत्रहरुमा एकीकृत सूचना प्रणाली लागू गर्न, मध्यवर्ती र कोर एरियाबीचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सीमांकन जिपीएसका आधारमा निर्धारण गर्नुपर्ने बताउनु भयो ।