काठमाडौं,७ चैत्र । कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । बिहानदेखि झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडांैका केही ठाउँमा पनि बिहान फाट्टफुट्ट पानी परेको छ । दिउँसो पनि हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पूर्वी भेगमा शुक्रबारसम्मै वर्षाको सम्भावना छ । यस्तै कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।