काठमाडौं,७ चैत्र । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पक्राउ परेका छन। आफू बस्दै गरेको गाउँपालिाकाको सरकारी निवासमा आफैले तोडफोड गरेको गाउँपालिकाको जाहेरीका आधारमा प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारी पक्राउ परेका हुन।
फागुन २४ गते प्रमुख प्रशासकिय अधिकृत अधिकारीले आफू सुतिरहेको बेला एक समूहले आफू माथि आक्रमण गरि निवासमा आगजनी गरेको भनी इलाका प्रहरी कार्यालय लटिनाथमा गएका थिए।
प्रहरी अनुसन्धानबाट वाहिय व्यक्ती वा समुहले उक्त घटना घटाएको नदेखिएको र गाउँपालिकाबाट प्रमुख प्रशासकिय अधिकृत अधिकारीविरुद्ध जाहेरी का आधारमा उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उक्त घटनामा गाउँपालिकाका सरकारी ल्यापटप कागज पत्र र लत्ता कपडा जलेर क्षती पुगेको थियो।