नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम कहिले सकिएला ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम कहिले सकिएला ?

काठमाडौं,६ चैत्र । स्थानीयले विभिन्न माग राख्दै एक महिनादेखि ठप्प पारेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम मंगलबारबाट सुरु हुने भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ सहित स्थानीयहरुको उपस्थितिमा मन्त्रालयमा भएको वार्तापछि सुरुङको काम सुरु गर्न सहमति भएको हो ।

मन्त्रालय र काम रोक्ने स्थानीयसँग ९ बुँदे सहमति भएको सडक विभागअन्तर्गत् विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । चन्द्रागिरी नगरपापालिका–२ का स्थानीयले उठाउँदै आएको मुख्य माग खानेपानीको व्यवस्था गरिदिने, सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारमा प्राथमिकता दिने लगायत छन् । गत फागुन ६ गतेदेखि स्थानीयले सुरुङमार्गको धादिङ र काठमाडौं दुवैतिर काम ठप्प पारेका हुन् । सुरुङ खन्न १४ मिटर मात्र बाँकी छँदा स्थानीयले आयोजना सुरु हुँदैदेखिका माग निकालेर काम ठप्प पारेका थिए ।

गत फागनु २३ मा सुरुङको ‘ब्रेक थ्रु गर्ने तयारी भएपनि काम ठप्प भएपछि ‘ब्रेक थ्रु’को समय अनिश्चित बनेको हो । अब काम सुरु भएको एक हप्ता भित्र सुरुङको ‘ब्रेक थ्रु गर्न सकिने आयोजनाले जनाएको छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ ।

यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । मुख्य सुरुङ २.६८८ किमिमध्ये २.६७४ किमि पूरा भइसकेको छ । सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिनेछ । नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यसको निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ ।

Leave a Reply