सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ

काठमाडौं,६ चैत्र । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले नेपाली काँग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुले कानूनी शासनको पालना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा छाँै । कुनैपनि सार्वजनिक जीवनमा रहेका जो कोहीले पनि यो जुन मूल्य र मान्यता छ, कानूनी शासनको व्यवस्था जुन छ, त्यो उच्च मर्यादालाई हामी सबैले पालना गर्नुपर्छ । जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यसको स्वीकार सबैले गर्नुपर्छ । हामी के चाहन्छाँै भने जुनसुकै विषयमा अनुसन्धान होस् । चाहे सहकारीको विषय होस्, सुनको विषय होस्, अन्य विषय होस् । जो व्यक्तिहरु सार्वजनिक जीवन वा बाहिर हुनुहुन्छ, उहाँहरुको संलग्नता देखिन्छ भने कानूनको परिधिमा आउनुपर्छ । जसको बारेमा प्रश्न उठ्छ, जुन विषय अनुसन्धानको घेरामा छ । जुन निकायमा रही रहँदा त्यो अनुसन्धानमा सम्झौता हुने अवस्था हुन्छ, त्यसमा प्रश्न स्वभाविक रहन्छ ।’

उहाँले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानूनको दायरामा आउनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);